‘मैना’ निर्माणको घोषणा, चन्द्र कुमार भट्टराईले निर्देशन गर्ने

0 Shares

फिल्म ‘मैना’ निर्माणको घोषणा गरिएको छ।

राजेन्द्र ढकाल (राहुल)ले फिल्म ‘मैना’ निर्माणको घोषणा गरेका हुन्।

फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ। थिम पोस्टरले क्राइम थ्रिलर फिल्मको संकेत गरेको छ।

यस फिल्मलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।

भट्टराईले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लगायत एक दर्जन फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्।

सुस्मिता फिल्मसको प्रस्तुति रहने फिल्मको कथा गोविन्द मल्लले लेखेका छन्।

फिल्ममा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ। सह-निर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन्।

थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित कथा रहने संकेत गरेको छ। फिल्मको छायांकन भदौबाट सुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ।

फिल्ममा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन। निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताएका छन्।

फिल्मको नामअनुसार, मुख्य भूमिकामा महिला कलाकार रहने अनुमान छ। यद्यपि, यसबारे निर्माणपक्षले मुख खोलेको छैन।

फिल्म कहिले रिलिज हुने भन्नेबारे पनि निर्माणपक्षले केही समयपछि जानकारी दिने निर्देशक भट्टराईले बताएका छन्।

सम्बन्धित समाचार

सबै