काँग्रेस महामन्त्री विश्वप्रकाश बने ‘बिगुल’ फिल्मको संगीतकार

0 Shares

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘बिगुल’ फिल्मका लागि संगीतकार बनेका छन्  ।

फिल्ममा उनले संगीत दिएको ‘आऊ यस्तो देश बनाऔं’ बोलको गीत समावेश हुनेछ । संगीतसँगै शव्द पनि उनैले लेखेका हुन् ।

फिल्सम मसामयिक सामाजिक र राजनीतिक कथावस्तुमा निर्माण हुने बताइएको छ । फिल्मलाई रमेश कोइरालाले निर्देशन गर्दैछन्।

बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा गीत रेकर्ड गरिएको हो । गीत चर्चित गायक राजेशपायल राईको स्वरमा रेकर्ड भएको छ ।

‘महामन्त्री शर्माले निकै सान्दर्भिक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ । ‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ । कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने विश्वप्रकाश दाईको शब्द, संगीतप्रति नतमस्तक छु ’, निर्देशक कोइरालाले भने ।

म्याग्नेलिया गुर्प प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतको अभिनय रहनेछ।

फिल्मको छायाँकन चितवनमा हुनेछ।

सम्बन्धित समाचार

सबै