“वाचा गरौँ” भन्दै फेरिसँगै देखिए आकाश र करुणा

0 Shares

गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वरमा रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतकार डा. रमिल अधिकारीको शब्द सिर्जना र ज्ञानेन्द्र गिरीको संगीत रहेको उक्त गीत एक रोमान्टिक प्रेमिल जोडीको कथामा आधारित छ। भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ।

“वाचा गर्दै मायासँग माया छर्ने प्रण गरेका” प्रेमिल जोडी आकाश र करुणाको माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मिठो कथा दर्शकमाझ पस्किएका छन्।

गीतकार डा. रमिल अधिकारीका यसअघि ‘बिन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना’ लगायतका गीतहरू बजारमा आइसकेका छन्, जसलाई दर्शकले निकै मन पराएका छन्। ‘वाचा गरौँ’ सार्वजनिक गरेपछि डा. अधिकारीले आफू यो गीतबाट निकै आशावादी रहेको बताएका छन्।

सम्बन्धित समाचार

सबै