0
Shares

चर्चित लोकगायक प्रकाश दूतराजले ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् । उनले ‘आहुति: द वे अफ चेन्ज’ नामक फिल्मबाट डेब्यु गर्न लागेका हुन्।
उनको डेब्यू फिल्मकोहाल पाँचथरको रमणीय गाउँ सुभाङमा छायांकन भइरहेको छ।
फिल्ममा दूतराजले अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँधेका छन्। फिल्ममा रिहान गिरी पनि प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन् ।
फिल्म दुई भागमा तयार गरिनेछ।
अनि; संग्रौला मूभी मेकरको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता तथा निर्देशक अनिल संग्रौला हुन् ।
यो फिल्मको बजेट करिब १ करोड २५ लाख रुपैयाँ रहेको जनाइएको छ।
दूतराज ‘रिमै’, ‘घर कता हो बैनीको’, ‘रेशम’, ‘जाम भो माइली’ जस्ता गीतका लागि चर्चित छन् ।