0
Shares

अभिनेत्री रेखा थापाले ‘मीरा’बाट नाटकमा डेब्यू गर्ने भएकी छन् ।
नाटक सोही नामको दीपक सिंजाली लिखित उपन्यासमा आधारित हुनेछ ।
नाटक जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुनेछ । नाटकले एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा प्रस्तुत गर्नेछ।
नाटकमा उनको मूख्य भूमिका रहनेछ । हाल नाटकको रिहर्सल तथा पठन कार्य चलिरहेको छ।
अभिनेत्री थापाले केही दिन अगाडि सामाजिक संजालमा ‘रेखा कि मीरा’ लेखिएको पोस्टसहितको फोटो सेयर गरेकी थिइन् ।
‘मीरा’को नाट्य रुपान्तरण र निर्देशन सुन्दर धितालले गर्नेछन् ।