0
Shares

निर्माणको चरणमा रहेको नेपाली फिल्म ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ।
निर्देशक अभि श्रेष्ठका अनुसार, यो फिल्ममा आशीर्वादसँगै अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिकामा रहनेछिन्।
केही समयदेखि कार्यशालामा रहेको ‘माया प्रीति’ वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुँदैछ। छायांकनका लागि तयारी अन्तिम चरणमा पुगेको र यसको छायांकन निर्देशन श्याम तामाङले गर्ने बताइएको छ।
एउटै समय चर्चित टेलिभिजन शो ‘प्ले इट अन’का समूहद्वारा निर्माण भइरहेका कारण ‘माया प्रीति’लाई प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभवी टिमले निर्माण गरिरहेकाले यो फिल्मलाई एक प्रतिक्षित कृतिका रूपमा हेरिएको छ।