५ किलो ७ सय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ

0 Shares

५ किलो ७ सय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा चीनका जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू रहेका छन्।

उनीहरू मंगलबार साँझ शारजाहबाट एयर अरेबियाको उडान नम्बर G9530 मार्फत काठमाडौं आएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा पुनः जाँचका क्रममा उनीहरूको लगेजमा १२ थान स्पिकरभित्र लुकाइएको सुन फेला परेको थियो।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार थप अनुसन्धानको लागि तीनै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।

सम्बन्धित समाचार

सबै