
नेपाली फिल्मको डायस्पोरा वितरक सेभेन सिज इन्टरनेसनल का प्याट्रिक सुवेदी (प्रतिक) र रमेश ढकालले फिल्म चुले निम्तो निर्माण गर्ने भएका छन्।
अक्षय तृतीयाको अवसरमा, बुधबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।
पोस्टर बिहेको निम्तो कार्डको डिजाइनमा तयार गरिएको छ।
फिल्मलाई दीपक वलीले निर्देशन गर्नेछन्।
फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन्।
निर्देशक वलीले सामाजिक सञ्जालमार्फत फिल्मको घोषणा गर्दै लेखेका छन्,
‘कथाहरू माटोमा फुल्छन्, माटोमै फल्छन् अनि माटोमा नै फुलेका–फलेका कथाहरू हामी माटो नबिर्सिएकाहरूलाई बेस्सरी मगमग बसाउँछन्। चुले निम्तो एउटा यस्तै माटोको कथा हो, जसले हाम्रै कथा भन्छ, हाम्रै शैलीमा भन्छ, बेस्सरी पेट मिचिमिची खित्का छोड्दै हँसाउँदै भन्छ।’
फिल्मको छायांकन आगामी तिहारपछि सुरु हुने जनाइएको छ।
फिल्म कमेडी विधामा बन्नेछ।