सकियो ‘अभिमन्यु’को छायांकन , नेपाली र हिन्दीमा एकसाथ रिलिज हुने

0 Shares

२५ दिनमा ‘अभिमन्यु’को छायांकन सकिएको छ ।

फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

‘अभिमन्यु’का निर्माता विनोद पौडेल हुन् । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुने जानकारी दिएका छन् ।

फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्ष प्रस्तुत गर्ने उल्लेख गरिएको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन संघर्ष गर्ने पात्रको कथा यस फिल्मको मुख्य विषयवस्तु हो ।

सेभेन सिज सिनेमा प्रस्तुत ‘अभिमन्यु’का निर्देशक सुशान्त गौतम हुन् । यो उनको डेब्यू निर्देशन हो ।

फिल्मको लेखन मुकेश खनालले गरेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन् । थापाले यसअघि फिल्म ‘बाटो: रोड टु डेथ’ निर्देशन गरेका थिए ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेका फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छन् । फिल्मको छायांकन (डिओपी) शरद महतोले गरेका छन् ।

‘अभिमन्यु’ नेपाली र हिन्दी भाषामा एकैसाथ विश्वभर रिलिज गरिने बताइएको छ ।

सम्बन्धित समाचार

सबै