लण्डनमा प्रदर्शन हुँदै सलोनको ‘रंगी’

0 Shares

गत फागुन २ गते अलनेपाल रिलिज भएको फिल्म ‘रंगी’ अब लण्डनमा पनि प्रदर्शन हुने भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म आगामी मे ९ तारिखमा लण्डनका २७ वटा हलबाट प्रदर्शनमा आउँदैछ। यस फिल्मको प्रदर्शनको जिम्मेवारी महारानी प्रोडक्सनका विक्रम जोशीले लिएका हुन्। जोशीका अनुसार फिल्म लण्डन प्रदर्शनका लागि सेन्सर बोर्डबाट पास भइसकेको छ र पिजी सर्टिफिकेट प्राप्त गरेको छ।

यसअघि फिल्म अष्ट्रेलियाका विभिन्न सहरहरूमा प्रदर्शन भइसकेको थियो।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा बाबुछोरीको सम्बन्धमा आधारित छ। विभिन्न फिल्महरूमा सहायक निर्देशकको रूपमा काम गरिसकेका सुरेश न्यौपानेको यो डेब्यू निर्देशन हो।

फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ। यो फिल्म अभिनेता बस्नेतको डेब्यू निर्माण पनि हो।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माताहरू रहेका यो फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीका शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन रहेको छ।

फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट हुन्।

सम्बन्धित समाचार

सबै