‘माइतीघर’को नयाँ लुक्समा यस्तो देखिए माग्ने बुढा

0 Shares

हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को नयाँ लुक्स सार्वजनिक भएको छ।

नयाँ सार्वजनिक लुक्समा केदार घिमिरे खाटमा बसेर मोबाइल हेरिरहेको देखिन्छन्। झट्ट हेर्दा उनको लुक्स गाउँको मुखियाको जस्तो देखिन्छ। तर, निर्माण पक्षले यस विषयमा केही खुलाएको छैन।

मिलन तामाङको निर्देशनमा तयार भइरहेकाे यो फिल्म तामाङ संस्कृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको हो। फिल्मको प्रदर्शन मिति दशैंको फूलपातीमा तय भइसकेको छ।

हाल फिल्मको छायांकन म्याग्दीको ताकम गाउँमा भइरहेको छ। ताकम गाउँमा २० दिन र दरबाङको तातोपानी क्षेत्रमा थप २० दिनसम्म छायांकन हुने बताइएको छ।

फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारहरूको अभिनय रहनेछ।

सुशन प्रजापतिको छायांकन रहेको यस फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ। रोहित अधिकारी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भइरहेको हो।

सम्बन्धित समाचार

सबै