सुदिप र शान्ती श्रीको स्वरमा ‘केही भनेकै छैन’ सार्वजनिक

0 Shares

लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ।

गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर रहेको छ। उक्त गीत सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमार्फत् हेर्न सकिन्छ।

गीतका शब्द र संगीत सुदिप अधिकारीकै छन्। कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको छ। खुमन राना र सुमन रानाले गीतको रेकर्डिङ गरेका हुन्।

गीतको भिडियोमा ओबी रायमाझी र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ। सुदीप बरालको छायांकन रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन्।

गाउँले परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ। लेकबेसी, गोठालो र पानी पँधेरो जस्ता दृश्यहरूमा युवा–युवतीबीचको प्रेम कथा प्रस्तुत गरिएको छ।

गीतमा प्रेममा रहेका जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानु पर्दाको पीडा र त्यसक्रममा हुने संवादहरू समेटिएका छन्।

सम्बन्धित समाचार

सबै