0
Shares

लोकगायिका सन्जु न्यौपानेले आफ्नो नयाँ लोकगीत ‘थाहै नपाई’ सार्वजनिक गरेकी छन्।
उक्त गीतमा पुरुष स्वरमा उनलाई गायक बिनोद गजमेरले साथ दिएका छन्। गीतका शब्द तथा संगीत आशिष दवाडीले तयार पारेका हुन्।
गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ खड्क बाजुरालीले गरेका हुन्।
गायिका न्यौपानेको आधिकारिक यूट्युब च्यानल ‘Sanju Neupane Official’ बाट गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियो विशाल घिमिरेको निर्देशनमा तयार गरिएको छ। भिडियोमा जुना गुरुङ र भिम बिकको अभिनय रहेको छ।
भिडियोका सिनेम्याटोग्राफर करण चैसर हुन् भने सम्पादन र कलर ग्रेडिङ दिपक विष्टले गरेका हुन्।