0
Shares

‘अञ्जिला’पछि सुस्ताएको नेपाली वक्सअफिसलाई ‘ऊनको स्वीटर’ले चलायमान बनाएको छ ।
चलचित्र विकास बोर्डको वक्सअफिस तथ्यांक अनुसार फिल्मले दुई दिनमा १ करोड ३७ लाख ६९ हजार ग्रस कमाइ गरेको छ ।
प्रदर्शकहरुले शुक्रबार र शनिबार फिल्मले राम्रो व्यापार गरेको प्रतिक्रिया दिएका छन् ।
फिल्मको अकुपेन्सी काठमाडौं र पूर्वका स्टेसनमा ज्यादा देखिएको छ भने पश्चिम नेपालमा भने पूर्वको तुलनामा कम देखिएको छ ।
डेब्यू निर्देशक नविन चौहान निर्देशित फिल्मलाई रिलिज अगाडि राम्रो व्यापार गर्नसक्ने फिल्मका रुपमा हेरिदैं आइएको थियो । रिलिजपश्चात फिल्मले सो अनुमानलाई सुखद अवतरण दिएको छ ।
फिल्ममा विपन कार्की र मिरुना मगरको केन्द्रीय भूमिका रहेको छ ।