कविता नेपालीले एक दिनको फरकमा चढिन् सगरमाथा र ल्होत्से हिमाल

0 Shares

अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले एक दिनको फरकमा ८ हजारभन्दा अग्ला दुई हिमालको सफल आरोहण गरेकी छन् ।

नेपालीले आइतबार सगरमाथा तथा सोमबार ल्होत्से हिमाल आरोहण गरेकी हुन् ।

निर्मल पूर्जाको कम्पनी एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट कविताको हिमाल आरोहण पुष्टि गरेको छ ।

आइतबार कवितासहित ९ जना विदेशी एकैसाथ सगरमाथाको चुचुरोमा पुगेका थिए ।

कविताले गतसाता नै सगरमाथाको क्याम्प २ को फोटो सार्वजनिक गरेकी थिइन् ।

सर्लाहीकी कविता अन्तर्राष्ट्रिय रियालिटी शो ‘बुगी उगी’को नेपाली संस्करणकी विजेता हुन् ।

गतसातादेखि वसन्तकालिन आरोहण सुरु भएको छ ।

 

सम्बन्धित समाचार

सबै