दुई सातामा ‘ऊनको स्वीटर’को कमाइ ७ करोड १० लाख , निर्माण कम्पनी हिसाब छ अर्कै

0 Shares

फिल्म ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ।

चलचित्र विकास बोर्डको केन्द्रीय वक्सअफिसको तथ्यांक अनुसार फिल्मले दुई साताको अवधिमा ७ करोड १० लाख कमाइ गरेको छ । तर फिल्म निर्माण कम्पनीले भने आफ्नो हिसाबमा केन्दरीय वक्सअफिसको भन्दा १ करोड बढिकमाइ गरेको दाबी गरेको छ ।

निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.लि.का अनुसार, फिल्मले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गर्दै सोही विवरण सार्वजनिक गरेको छ।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपालबाहिर पनि फिल्मले राम्रो व्यापार गरिरहेको बताइएको छ।

नवीन चौहान लिखित तथा निर्देशित फिल्मले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै देशभरका हलहरूमा हाउसफुल शो दिइरहेको छ। तेस्रो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले १२० भन्दा बढी शो पाइरहेको छ, जुन नयाँ फिल्महरू रिलिज भइरहेका सन्दर्भमा उल्लेखनीय मानिन्छ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ।

दर्शकहरूले दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनलाई फिल्मका बलिया पक्षको रूपमा उल्लेख गरेका छन्। दर्शकहरूको स्वतन्त्र समीक्षामार्फत पनि फिल्मले सकारात्मक चर्चा बटुलिरहेको छ।

सम्बन्धित समाचार

सबै