‘परी’ को शुभ मुहुर्त, टिमबाहिरको फिल्म किन गर्दैछिन् दीपाश्री ?

0 Shares

गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘परी’ को शुभ मुहुर्त गरिएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै मुहुर्त कार्यक्रम सम्पन्न भएको हो।

मुहुर्त कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेकाले आफूले यो फिल्ममा काम गर्न लागेको बताए।

उनले भने, ‘यो फिल्मको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ। साँच्चिकै भन्ने हो भने, दीपा र हामीले यति राम्रो स्क्रिप्टमा पहिले मेहनत गरेका थिएनौं, जतिसम्म डाइरेक्टर साप गौतमले गर्नु भएको छ।’

दीपाश्री निरौलाले सबैले स्क्रिप्ट पक्षमा मेहनत गरेको बताइन्। उनले पनि फिल्मको कथा मन परेकै कारण फिल्ममा काम गर्न राजी भएको बताइन्।

उनले भनिन्, ‘हामीले मात्र होइन, सबै पक्षले स्क्रिप्टमा मेहनत गरे फिल्म “वाउ” भन्ने बन्छ। फिल्म “वाहु” भएपछि दिनानुदिन निर्माताहरू थपिनुहुन्छ, अनि राम्रो प्रोडक्ट पनि आउँछ। त्यसका लागि सबैले मेहनत गर्नुपर्छ, हामीले मात्र होइन। यो फिल्मको स्क्रिप्टमा निर्देशक गौतम सापले धेरै मेहनत गर्नुभएको छ, त्यसैले खेल्न राजी भए।’

यस फिल्ममा किरण र दीपाश्रीबाहेक प्रियंका कार्की, निर्देशन डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेसिका पोखरेल, निशा गौतम र अर्नव नागिलाको अभिनय रहनेछ।

निर्देशक गौतमले फिल्मको छायांकन यही जेठ २८–२९ गतेदेखि सुरु गर्ने योजना रहेको बताए। दोलखा र तनहुँ आसपासका क्षेत्रहरूमा छायांकनको तयारी भइरहेको उनको भनाइ छ। फिल्म परिको कथामा आधारित हुनेछ।

बाबु श्रेष्ठको छायांकन रहने यस फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गर्नेछन्। संगीत दीपक शर्मा र विकास चौधरीको रहनेछ भने गायनमा डा. खेम क्षेत्री, रचना रिमाल र डा. महेन्द्र भट्टको योगदान रहनेछ। गीत आनन्द अधिकारीले लेखेका छन्।

मेकअप सरोज पाण्डे र केश विन्यास प्रिया कार्कीको रहनेछ। प्रोजेक्ट म्यानेजरको रूपमा सुवास काफ्ले र मुख्य सहायक निर्देशकको रूपमा चन्द्र भण्डारी रहनेछन्।

सम्बन्धित समाचार

सबै