समिक्षा र आमेशको ‘फिक्का फिक्का’मा सलोन र करिश्मा

0 Shares

अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका छन्।

उनीहरूले गायिका समिक्षा अधिकारी र नायक तथा गायक आमेश भण्डारीको स्वर रहेको ‘फिक्का फिक्का’ बोलको गीतमा अभिनय गरेका हुन्, जुन गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।

प्रेमिल भाव बग्ने यो गीतमा सलोन र करिश्माको जोडीलाई अभिनय गराइएको छ। उनीहरूको जोडी गीतको भिडियोमा सुहाएको देखिन्छ। गीतका शब्द र संगीत गायक आमेश भण्डारीकै हुन् भने संगीत संयोजन (एरेन्ज) विश्व अधिकारीले गरेका छन्।

गीतका शब्दहरू सलोन र करिश्मालाई ध्यानमा राखेर लेखिएको आभास हुन्छ। यसअघि आमेशले उनीहरूको फिल्म ‘रंगी’मा पनि स्वर दिएका थिए। यस पटक भने उनले ‘फिक्का फिक्का’ बोलको गीतमा सहकार्य गरेका छन्, जसको भिडियो निकै सुन्दर बनेको देखिन्छ।

गीतको भिडियोको कोरियोग्राफी दावा बल तामाङले गरेका हुन् भने निर्देशन कविराज गहतराजको रहेको छ।

सौरभ लामाको टिमले खिचेको भिडियोको सम्पादन दिनसन शाहले गरेका हुन्। यो भिडियो गायिका समिक्षा अधिकारीकै युट्युब च्यानलबाट हेर्न सकिन्छ।

सम्बन्धित समाचार

सबै