बेनीशा र नरेनको ‘बिगुल’

0 Shares

निर्देशक रमेश कोइरालाद्वारा निर्देशित फिल्म ‘बिगुल’को छायांकन चितवनका विभिन्न स्थानमा तीव्र रूपमा भइरहेको छ।

वैशाख अन्तिमदेखि सुरु गरिएको ‘बिगुल’को चितवन सेड्युल अन्तिम चरणमा पुगेको निर्देशक कोइरालाले जानकारी दिएका छन्।

“अधिक गर्मीका बाबजुद पनि सहज रूपमा सुटिङ भइरहेको छ,” निर्देशक कोइरालाले भने, “हामी चितवनको सेड्युलको अन्त्यतिर आइपुगेका छौं। अब दुई गीत र केही दृश्य काठमाडौंमा खिच्ने योजना छ।”

दिनेश कोइरालाको कथामा आधारित यो फिल्मले सामाजिक विषयवस्तु उठान गर्ने बताइएको छ।

बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, नीर शाह, रविन्द्र खड्का, रमेश बुढाथोकी, गीता अधिकारी, सरोज खनाल, शिशिर वाङ्देल, ईश्वरी बरालसँगै नव अभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा रहेको यो फिल्मले मनोरञ्जनका साथै सामाजिक सन्देश दिन्छ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा तयार भइरहेको फिल्मका निर्माता महेश कोइराला र सूर्यकान्त कोइराला हुन् भने प्रस्तुतकर्ता कल्पना पौडेल हुन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मका गीतहरूको कोरियोग्राफी कमल राई र कविराज गहतराजले गर्नेछन्। शिव ढकालको छायांकन, एन.भी. महर्जनको द्वन्द्व निर्देशन, मौनता श्रेष्ठको पटकथा र श्याम केसीको निर्माण व्यवस्थापन रहेको यस फिल्मलाई २०८२ भित्रै रिलिज गर्ने योजना निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै