गौतम गुलाटी उर्फ प्रसिद्ध भारतीय हास्य कलाकार सुनिल ग्रोवर नेपाल आउँदै

0 Shares

प्रसिद्ध भारतीय हास्य कलाकार सुनिल ग्रोवर नेपाल प्रस्तुति दिन नेपाल आउने भएका छन् ।

उनी मंसिर १४ गते ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ इभेन्टका लागि नेपाल आउन लागेका हुन् । कार्यक्रम होटल एभरेस्टको मैदानमा हुनेछ।

नेपाल आउने पूर्वसन्ध्यामा सुनिलले आफ्नो नेपाली प्रशंसकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत भिडियो सन्देश पनि जारी गरेका छन् । भिडियो सन्देशमा उनले  दर्शकलाईकार्यक्रममा प्रत्यक्ष उपस्थित भएर आफ्नो कमेडी हेर्न आग्रह गरेका छन्।

गौतम गुलाटीको भूमिकामा पर्दामा चर्चित भएका सुनिल हाल नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको **‘द ग्रेट इन्डियन कपिल शो’**मा प्रस्तुति दिइरहेका छन्।

यस कार्यक्रमको आयोजना लिक्विड इन्टिलिजेन्सले गरिरहेको हो।

सुनिल ग्रोवरलाई नेपालमा ल्याउने यस प्रयासले उनलाई अझ बढी चर्चामा ल्याएको छ। उनले ‘द कपिल शर्मा शो’ मा रिंकु भाबी र डा. महसुर गुलाटीको भूमिकामा अभिनय गरेर प्रसिद्धि प्राप्त गरेका थिए। अहिले उनी नेटफ्लिक्समा स्ट्रिमिङ हुँदै गरेको **‘द ग्रेट इन्डियन कपिल शो’**मा देखिँदैछन्।

यो सुनिल ग्रोवरको दोस्रो काठमाडौं आगमन हुनेछ। २०७४ सालमा नेपाल आउँदा उनले पशुपतिनाथ मन्दिरको पनि दर्शन गरेका थिए। नेपालमा उनको प्रशंसा र फ्यान क्रेज अत्यधिक छ, र आगामी कार्यक्रमले ठूलो दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

 

 

सम्बन्धित समाचार

सबै