0
Shares

चलचित्र जाँच पास समितिको सदस्यमा रंग पत्रकार कुवेर गिरी र फिल्मीकर्मी भगवती कुमारी मैनाली नियुक्त भएका छन् ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरिय निर्णयबाट बुधबार दुईलाई चलचित्र सेन्सर बोर्डमा नियुक्त गरेका हुन् ।
चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका कुवेर गिरी रातोपाटी डटकममा आवद्द छन् । उनी, २ दशकदेखि फिल्मी पत्रकारितामा व्यस्त छन् ।
यस्तै, कलाकार भगवती कुमारी पनि दुई दशकदेखि कलाकारितामा व्यस्त छिन् । चलचित्र सेन्सर बोर्डको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भइसकेका छन् ।