‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

0 Shares

फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ।

फिल्मको सार्वजनिक टिजरले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै ‘नेपाली को हुन्?’ भन्ने विषयवस्तु उठान गर्न खोजेको छ।

असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भन्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।

इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।

अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा बनेको यस फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ।

सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको VFX, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा CGI सत्यम राना रहेका छन्।

दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको फिल्ममा दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैंजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ।

फिल्मको छायांकन झापा, इलाम तथा भारतका सिक्किम, दार्जिलिङ, जयगाँउ, पश्चिम बंगाल र अमेरिका लगायतका स्थानमा गरिएको हो। फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, साउथ अफ्रिका र अमेरिकी कलाकारहरूको समेत अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै