‘कल्ली’को फस्टलुकमा सौगात दमदार, साथमा किन देखियो बाघ?

0 Shares

लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको ब्यानरमा बनेको ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको यो फिल्म अब फागुन १ गतेबाट रिलिज हुने भएको छ।

सार्वजनिक दुई पोस्टरमार्फत फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ।

महेश दवाडीको लेखन, लक्ष्मण सुनारको कथा तथा निर्देशनमा तयार भएको यस फिल्ममा सामाजिक कथावस्तु समेटिएको छ।

फिल्म ‘बुलाकी’ निर्देशन गरेर चर्चामा आएका लक्ष्मण सामाजिक फिल्म निर्देशनमा अब अग्रपंक्तिमा गनिन थालेका छन्। त्यसैले ‘कल्ली’लाई पनि बलियो सामाजिक फिल्मको रूपमा विश्लेषण गर्न सकिन्छ।

सार्वजनिक पोस्टरमध्ये एकमा अभिनेता सौगात मल्ललाई बाघसँग देखाइएको छ। भालासहित रिसाएको मुद्रामा देखिएका मल्लको भालामा रगत पनि देखिन्छ। अर्को पोस्टरमा सौगातसँगै बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारती देखिन्छन्। यसले फिल्मका प्रमुख पात्रहरूको भूमिका झल्काउँछ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगर मुख्य भूमिकामा छन्। उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल कलाकारको रूपमा सहभागी छन्।

राकेश दाहालद्वारा डिजाइन गरिएको पोस्टर आकर्षक छ। फिल्मले लोभको कथा प्रस्तुत गर्छ—जब मानिसको मनमा लोभ पलाउँछ, त्यसले उनको जीवनलाई कता पुर्याउँछ भन्ने कुरा फिल्ममा देखाइएको छ।

फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एन.भी. महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन र निसाल पौडेलको छायांकन रहेको छ। निर्माण प्रमुख सुरज आचार्य हुन्।

दुई पोस्टरले दर्शकमा कौतुहलता र प्रतिक्षा झन् बढाएको छ।

सम्बन्धित समाचार

सबै