कृषाको निर्देशनमा ‘जहाजैमा’ निर्माण हुने, जापानमा छायांकन

0 Shares

निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्मको नाम सार्वजनिक गरिएको छ। केही दिनअघि कृषाले जापान पुगेर यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन्।

फिल्मको नाम ‘जहाजैमा’ राखिएको छ। सार्वजनिक गरिएको थीम पोस्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलतर्फ लगेज बोकेर हिँडिरहेको देखाइएको छ। फिल्मले जापान जाने सपना बोकेका युवाहरूको कथा भन्नेछ।

उज्ज्वल गुरागाईंको निर्माणमा बन्न लागेको यस फिल्मका कलाकारहरूको लाइनअप भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्ने पक्का भइसकेको छ।

सन् २०२६ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको यस फिल्मको छायांकन भदौदेखि सुरु हुने तय भएको छ। फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा गरिनेछ।

फिल्म ‘पिताम्बर’बाट चर्चा कमाएपछि निर्देशक कृषा दुईवटा नयाँ प्रोजेक्टमा लागिपरेकी छिन्। उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ निर्माण गर्ने घोषणा गरिसकेकी छिन्।

जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको ब्यानरमा यो फिल्म निर्माण गर्न लागेको हो। फिल्ममा नेपाल र जापानका कलाकारहरूको अभिनय रहनेछ।

फिल्मको एक महिनासम्मको छायांकन जापानमै हुने बताइएको छ। कृषा हाल यो फिल्मको प्रि–प्रोडक्सन कार्यमा व्यस्त छिन्।

सम्बन्धित समाचार

सबै