
साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म मोहर को टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत आज फिल्मको १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो।
टिजरले लेखिएको कानुनभन्दा बाहिरको सामाजिक वास्तविकता – विशेषतः देउकी प्रथाको कथालाई संकेत गर्छ।
टिजरमा अभिनेता पल शाहलाई दोहोरो अवतारमा देखाइएको छ। उनी एकपटक लामो कपालमा, अर्को पटक छोटो कपालमा प्रस्तुत भएका छन्। लामो कपाल पालेका पलको कथा अभिनेत्री बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ भने, छोटो कपाल पालेका पलको कथा अभिनेत्री नीति शाहसँग सम्बन्धित देखिन्छ।
यो प्रस्तुतीकरणले दर्शकमा फिल्मप्रति कौतूहलता थप बढाएको छ।
फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा बनेको यस फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्मा मुख्य भूमिकामा छन्।
फिल्ममा कुमार महर्जनको एक्सन निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, र दिपेन बस्न्यातको छायांकन रहेको छ।
टिजर साहिल खानले तयार गरेका हुन्। गिरिराज घिमिरे फिल्मका मुख्य सहायक निर्देशक हुन् भने लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर र रोशन जंग शाही लाइन प्रोड्यूसर हुन्।