गायिका रचना रिमाललाई नेपाली सेनाको हेलिकप्टरले गर्‍यो उद्धार, यस्तो छ कारण

0 Shares

स्वास्थ्यमा समस्या भएपछि सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई हेलिकप्टरबाट उद्वार गरिएको  छ । नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई सुरुमा नेपालगञ्ज लगिएकोमा हाल काठमाडौं ल्याइएको बताइन्छ ।

सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्जस्थित अस्पताल लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको छ ।

रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन रिमाल त्यहाँ पुगेकी थिइन् । तर अचानक पेट दुखेपछि हेलिकप्टरले उद्धार गरेर उनलाई काठमाडौं ल्याइएको छ ।

तस्वीर : एलबी कटुवाल

 

सम्बन्धित समाचार

सबै