सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी रचना रिमालको पछिल्लो स्वास्थ्य अवस्था के छ?

0 Shares

स्वास्थ्यमा समस्या देखिएपछि रुकुम पश्चिमबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएकी गायिका रचना रिमाललाई सानो आन्द्रामा संक्रमण भएको पत्ता लागेको छ।
हाल उनी ह्याम्स अस्पतालमा उपचाररत छिन्।

उनका दाजु श्रीधर अधिकारीका अनुसार, संक्रमणका कारण सानो आन्द्रा सुन्निएको छ र पेटमा पनि केही समस्या देखिएको छ।
मंगलबार रातिदेखि उनलाई औषधि दिइएको छ।

अधिकारीका अनुसार, रचनालाई निकै कम मात्रामा पानी दिइरहेको छ, त्यो पनि मुख भरेर होइन, बिर्कोबाट मात्रै खुवाइएको छ।
उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरिनेछ। खाना खान मिल्ने भएपछि मात्र डिस्चार्ज गरिने अनुमान गरिएको छ।

रुकुम पश्चिमको सानिबेरी गाउँपालिका, बेलटापुमा सञ्चालनमा रहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी रिमाललाई अचानक पेट दुखेपछि नेपालगञ्ज हुँदै सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

सम्बन्धित समाचार

सबै