अस्पतालबाट डिस्चार्ज भइन् रचना, लेखिन यस्तो स्टाटस

0 Shares

गायिका रचना रिमाल डिस्चार्ज भएकी छन्। सानो आन्द्राको संक्रमण भएपछि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेकी रिमाल शनिबार डिस्चार्ज भएकी हुन्। हाल उनी घरमै आराम गरिरहेकी छन्।

डिस्चार्ज भएर घर फर्किएपछि रचनाले आज केही समयअघि फेसबुकमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी छन्। उनले एउटा तस्वीरसहितको स्टाटस पोस्ट गर्दै चिकित्सकको सल्लाहअनुसार अहिले घरमै आराम गरिरहेको उल्लेख गरेकी छन्।

सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम पुगेकी रिमालको पेट अचानक अस्वाभाविक रूपमा दुखेपछि सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो। सुरुवाती परीक्षणमा एपेन्डिसाइटिसको आशंका गरिए पनि, पछि सानो आन्द्राको संक्रमण पुष्टि भएको थियो।

यस्तो छ उनको फेसबुक स्टाटस:

सम्बन्धित समाचार

सबै