किन पीर मान्दै छन् गायक युवराज ?

0 Shares

 गायक युवराज छन्त्यालले नयाँ गीत ‘किन पीर मान्छौँ’को भिडियो सार्वजनिक गरेका छन्। यो गीतमा उनलाई लोकप्रिय गायिका देवी घर्तीले गायनमा साथ दिएकी छन्।

युवराजकै शब्द र संगीतमा आधारित यस गीतले मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ। मायाप्रेमभाव झल्काउने यो गीत लोक लयमा आधारित छ। गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ कुमार थापाले गरेका हुन्।

भिडियो निर्देशन शिवम पोखरेलले गरेका छन्। नविन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतम लगायतको अभिनय रहेको भिडियोमा उनीहरूले गीतको भावअनुसारको अभिनय प्रस्तुत गरेका छन्।

सुरज खनाल र राजु घलेले छायांकन गरेको भिडियोको सम्पादन सरोज शाहीले गरेका हुन्। दर्शकहरूले भिडियो गायक युवराज छन्त्यालकै युट्युब च्यानलमार्फत हेर्न सक्नेछन्।

 

सम्बन्धित समाचार

सबै