‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

0 Shares

नेपाली फिल्म उद्योगमा हाल फिल्म ‘ऊनको स्वीटर’ ले नयाँ कीर्तिमान स्थापित गरेको छ। आज प्रदर्शनको ३७ औँ दिनमा पनि सफलताका साथ चलिरहेको यस फिल्मका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लब मा स्थान बनाउन सफल भएका छन्।

साङ्गीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’ को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ। हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो गौरवपूर्ण माइलस्टोन हासिल भएको हो।

यो समाचार तयार पार्दासम्म:

  • ‘फूलहरू मुस्काउँछन्’ – २ करोड १० लाख (२१ मिलियन)

  • ‘मखमली’ – १ करोड ३० लाख (१३ मिलियन)

  • ‘काफ्ले’ – १ करोड ३० लाख (१३ मिलियन)

  • ‘चाइनेजो जिन्दगानीमा’ – १ करोड (१० मिलियन) भ्यूज प्राप्त गरिसकेका छन्।

यस सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
“नेपाली फिल्मले पाएको यो सफलता धेरै समयपछि हुनुपर्छ। हामी दर्शक–श्रोताप्रति कृतज्ञ छौं,” आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।

यो सफलताले आगामी दिनका लागि सकारात्मक दबाब र चुनौती थपेको पनि उनीहरूले बताएका छन्।
फिल्मका निर्देशक नवीन चौहान ले भविष्यमा पनि यस्तै मिहिनेतका साथ उत्कृष्ट फिल्महरू निर्माण गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘ऊनको स्वीटर’ वि.सं. २०८२ सालको पहिलो सुपरहिट फिल्म बन्न सफल भइसकेको छ।
फिल्म हाल नेपालभरका दर्जनौँ हलहरू तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायत देशहरूमा प्रदर्शन भइरहेको छ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायत कलाकारहरूको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै