सम्भावित ‘हिटलिस्ट’मा परेको ‘जारी-२’को सुटिङ सकियो, तोड्ला आफ्नै कीर्तिमान ?

0 Shares

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो फिल्म ‘जारी २’ को छायांकन सकिएको छ। सम्पूर्ण छायांकन पाँचथरमा गरिएको फिल्मको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो। छायांकन सकिएको जानकारी दिँदै निर्माण कम्पनी बाँसुरी फिल्म्सले फिल्म आगामी बडादशैंको अवसरमा रिलिज हुने जानकारी दिएको छ।

दशैंमा रिलिज हुने भनिए पनि कुन मितिमा रिलिज हुन्छ भन्ने कुरा निर्माण टिमले खुलाएको छैन। छायांकन सकिएसँगै निर्माण टिमले फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको छ। सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बु पहिरनमा र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ।

यो फिल्मको स्लोगन ‘सङ अफ च्याब्रुङ’ राखिएको छ। ‘जारी २’ मा २०८० सालको ब्लकबस्टर फिल्म ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको छ। कवि सुब्बाको डेब्यु निर्देशन ‘जारी’ ले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। निर्माण घोषणासँगै ‘जारी २’ दर्शकको प्रतिक्षामा रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्। फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै