केकीबाट रोशनलाई किन यस्तो धोका? , हेर्नुस् भिडियो

0 Shares

सदावहार लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ को नयाँ भर्सन ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का फर्स्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक गरिएको छ। लुङ्टो क्रिएशनको प्रस्तुति रहेको गीत आज असार ३ गते काठमाडौंको दरबारमार्गस्थित क्यूएफएक्स हलमा एक भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। लुङ्टो क्रिएशन युट्युब च्यानलमार्फत गीतको अफिसियल भिडियो पनि सार्वजनिक भइसकेको छ।

३५ वर्षअघि सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतमा वरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राईको संगीत र वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द रहेको थियो। मेल भर्सनमा सरोज कुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङले गाएकी थिइन्। नयाँ भर्सनलाई देवेश राईले एरेञ्ज गरेका हुन् भने किश्वर थापाले मिक्सिङ र मास्टरिङ गरेका छन्। स्व. विक्रम राईलाई समर्पित यस गीतमा एडिसनल संगीत पनि विक्रम राईकै रहेको छ, जहाँ चर्चित गायिका मेलिना राईको स्वर समावेश गरिएको छ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्राज्ञ शान्तिरामले ३५ वर्षअघिको संघर्षको सम्झना गरे। उनले भने, “काठमाडौंको बासाइ, संघर्ष र अभावमा जन्मिएको थियो ‘धोका दियौ तिमीले’। यो गीत बुवा, छोरा र नाति पुस्ताका लागि पनि प्रिय बन्न सफल भएको छ।”

त्यसैगरी, गायक रोशन राईले कार्यक्रमलाई सम्बोधन गर्दै शान्तिरामलाई ढोग गर्दै सदावहार गीत गाउन पाएकोमा धन्यवाद व्यक्त गरे। कार्यक्रम सञ्चालन ‘द भ्वाइस अफ नेपाल’ का सञ्चालक तथा चर्चित होस्ट सुशिल नेपालले गरेका थिए। सुशिलले रोशनको स्वर र अभिनयको प्रशंसा समेत गरे।

चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको विछोड र धोकाको कथा देखाइएको छ। गीतको भावअनुसार तयार पारिएको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक रोशनको अभिनय देख्न सकिन्छ। निर्देशक राजेशले केकी र रोशनबाट दमदार अभिनय गराएका छन्।

‘द भ्वाइस अफ नेपाल सिजन ६’ बाट चर्चामा आएका रोशन बाल्यकालदेखि नै गीत–संगीतमा सक्रिय थिए। उनले २०६० सालमा पहिलो गीत रेकर्ड गरेका थिए। हालसम्म १ हजारभन्दा बढी गीत गाइसकेका रोशनका ४ वटा एल्बम श्रोता–दर्शकमाझ आइसकेका छन्। बहुआयामिक प्रतिभा भएका रोशन गायनसँगै शब्द र संगीत पनि सृजना गर्छन्। उनका १०० भन्दा बढी संगीत श्रोतामाझ आइसकेका छन्। म्युजिक भिडियोमार्फत पहिलोपटक अभिनयमा देखिएका रोशनको अभिनयको पनि व्यापक प्रशंसा भइरहेको छ। ‘मेरो प्यारो खोटाङ’, ‘तिमीसित माया गर्दा’, ‘जीवनमा एउटै’ जस्ता गीतहरू दर्शकमाझ लोकप्रिय छन्।

सम्बन्धित समाचार

सबै