0
Shares

अभिनेता अनमोल केसीले फिल्म ए मेरो हजुर ५ साइन गरेका छन्।
सोमबार उनले फिल्मका लागि औपचारिक रूपमा सम्झौता गरेका हुन्। उक्त जानकारी अनमोल र फिल्मका निर्माता सुनील कुमार थापाले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
यसपटक पनि फिल्ममा सुहाना थापा र अनमोल केसीको जोडी देखिनेछ, जसरी ए मेरो हजुर ४ मा देखिएको थियो।
अनमोलले यसअघि ए मेरो हजुर ३ र ४ मा अभिनय गरिसकेका छन्।
हालै जेरी अन टप को छायांकन सम्पन्न गरेका अनमोल हाल आफ्नो होम प्रोडक्सनको फिल्म बाटुलो जुन मा व्यस्त छन्।
उक्त फिल्म केही दिनमै फ्लोरमा जाने तयारीमा छ।
फिल्मको पहिलो सेड्युल करिब १० दिनसम्म चित्लाङमा हुने र बाँकी भाग दोस्रो सेड्युलमा खिचिने बताइएको छ।
यी दुवै फिल्मको काम सकेपछि अनमोलले ए मेरो हजुर ५ को छायांकन सुरु गर्नेछन्।