हेर्नुस् स्वस्तिमाको ‘लालीबजार’ लुक्स

0 Shares

‘लालीबजार’ फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।  निर्माणपक्षले अभिनेत्री स्वस्तिमा खड्काको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो। पोस्टरसँगै फिल्म रिलिज मितिसमेत सार्वजनिक गरिएको छ ।

घोषणा अनुसार षट्कोण आर्ट्सको व्यानरमा निर्माण हुन लागेको यो फिल्म फागुन १ गते रिलिज हुनेछ ।

सार्वजनिक पोष्टरमा नायिका स्वस्तिमा खड्कालाई गर्भवती अवस्थामा ग्राहक पर्खिरहेको देख्न  सकिन्छ ।

फिल्म यम थापाको लेखन तथा निर्देशनमा तयार हुनेछ । फिल्ममा रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको लगानी रहनेछ । प्रदीप भट्टराई फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्म दशैं लगतै छायांकनमा जाने बताइएको छ । फिल्ममा केकी अधिकारीको पनि अभिनय रहनेछ ।

 

सम्बन्धित समाचार

सबै