केदारले साइन गरे ‘जहाजैमा’, कति लिए पारिश्रमिक ?

0 Shares

निर्देशक कृषा चौलागाईंले निर्देशन गर्न लागेको तेस्रो फिल्म ‘जहाजैमा’मा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन्। मंगलबार फिल्मको निर्माण टिमले केदारसँग कागजी सम्झौता गरेको छ।

कृषा र केदारले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन्।

केदार अनुबन्धित भएपछि कृषाले भनिन् –
“केदारजी अहिलेका सर्वाधिक रुचाइएका कलाकार हुनुहुन्छ। हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ। उहाँलाई फिल्ममा ल्याउन पाउँदा निकै उत्साहित छौं।”

यो फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ। फिल्मको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाईं जापानबाट नेपाल आएका छन्। आज कलाकार केदारसँग उज्ज्वलले कागजी सम्झौता गरेका हुन्।

यो फिल्मका लागि केदारले हाल उनले पाएको भनेर चर्चा गरेकै अंकको सेरोफेरोमा पारिश्रमिक बुझेको बताइन्छ । तर यसबारेमा निर्माणपक्षले कुनै जानकारी भने सार्वजनिक गरेका छैनन् ।

फिल्ममा मल्टिस्टारर कलाकारहरू रहने छन्। अन्य कलाकारहरूसँग पनि कुराकानी अगाडि बढिरहेको तर अझै फाइनल नभएको निर्माण पक्षले जनाएको छ।

यस फिल्ममा जापानी नायिका रुजेल इचिमिया पहिल्यै फाइनल भइसकेकी छिन्। फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ।

यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौबाट सुरु हुनेछ। फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ।

सम्बन्धित समाचार

सबै