‘पीआर’ को टिजर सार्वजनिक

0 Shares

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजर रिलिज गरिएको हो।

टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरूको संघर्ष, उनीहरूको दुःख, नेपालमा परिवारको पीडा जस्ता समसामयिक विषयवस्तु देखाइएको छ। फिल्ममा आर. ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ।

त्यसैगरी, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन्। रञ्जित शाह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट, अस्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ, सिड्नी) प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्देशन शोभित बस्नेतले गरेका हुन्। यस फिल्मको कथा पनि उनी स्वयंले लेखेका हुन्।

यस फिल्मका निर्माता ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा हुन्। फिल्ममा मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) को छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ। यस फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ हुन्।

केवल मान सिंह बस्नेत निर्माण व्यवस्थापक रहेको यो फिल्मको छायांकन अस्ट्रेलियाका विभिन्न सहरमा क्रमशः ६० र ४० प्रतिशत गरिएको निर्देशक बस्नेतले बताएका छन्। निर्माण पक्षका अनुसार यो फिल्म यसै महिनाको अन्त्यबाट अस्ट्रेलिया र न्यूजिल्याण्डका सबै सहरमा रिलिज गरिनेछ। त्यसबाहेक, दशैँको आसपासमा विश्वव्यापी रूपमा पनि रिलिज गरिने निर्माण पक्षले जनाएको छ। यो फिल्मलाई आर आर फिल्म्सले वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै