लक्ष्मी देवीले जितिन् द मिसेस नेशनल ग्रयाण्डको ताज

0 Shares

विवाहित महिलाहरूबीच राजधानीमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले ‘द मिसेस नेशनल ग्रान्ड’ को ताज चुमेकी छन्।

क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै लक्ष्मी ‘द मिसेस नेशनल ग्रान्ड २०२५’ को उपाधि चुम्न सफल भएकी हुन्। प्रतियोगिताको प्रमुख उपाधि विजेता लक्ष्मी देवीले ‘मोस्ट फोटोजेनिक’ उपउपाधि पनि आफ्नो बनाइन्।

रानी खरेलको कोरियोग्राफीमा सम्पन्न तेस्रो संस्करणको ‘द मिसेस नेशनल’ प्रतियोगितामा जुनु कार्की ‘द मिसेस नेशनल प्लेटिना’ र अनिता खड्का ‘द मिसेस नेशनल क्लासिक’ को ताज चुम्न सफल भए।

प्रतियोगितामा ‘द मिसेस नेशनल प्लेटिना’ विजेता जुनु कार्की ‘मोस्ट ट्यालेन्टेड’ र ‘मोस्ट पपुलर’ उपाधिको पनि विजेता बनिन्। त्यसैगरी, ‘द मिसेस नेशनल क्लासिक’ विजेता अनिता खड्का ‘मोस्ट इन्टेलिजेन्ट’ र ‘भ्युअर्स च्वाइस’ उपाधिमा पनि विजेता भइन्।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसहित अगाडि बढेको सो प्रतियोगितामा अन्य विजेता यसप्रकार छन्ः

  • सरिता वाइवा: मोस्ट ग्रेसफुल

  • रोशनी झा: मोस्ट एलिगेन्ट

  • सरिता खड्का: बेस्ट वाक

  • रीता गामी: टाइमलेस ब्यूटी

  • लक्ष्मी सुवाल: मोस्ट कन्फिडेन्ट

  • नीलम श्रेष्ठ: बेस्ट स्माइल

  • श्वेता भुषाल: मोस्ट एक्टिभ

  • सरस्वती रावत: बेस्ट फिगर

  • विजया श्रेष्ठ: मोस्ट फ्रेन्डली

  • राधिका सिलवाल: मोस्ट डिसिप्लिन

  • सिर्जना विष्ट: मोस्ट करिश्म्याटिक

  • रोजी कायस्थ: बेस्ट लिडरशिप

  • अस्मिता बजगाईं: मोस्ट क्रिएटिभ

  • सविता परियार: मोस्ट स्टाइलिस

  • रीना कुशवाह: मोस्ट इन्स्पायरिङ

  • बुनु विष्ट: बेस्ट पर्सनालिटी

  • आरती महतो: मिसेस फेसनिस्टा

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको प्रमुख निर्णायक अभिनेत्री गौरी मल्ल थिइन्। त्यस्तै, फिल्म निर्देशक तथा अभिनेता मनिष राउत, कलाकार दीपक कोइराला, एभरेस्ट फिल्म एकेडेमीका निर्देशक विशाल श्रेष्ठ र समाजसेवी नानु सिंह निर्णायकका रूपमा उपस्थित थिए।

प्रतियोगिताको आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर लविन अन्सारीले विवाहित महिलाहरूलाई घरको चारदीवारीबाट बाहिर निस्केर आत्मनिर्भर बन्न प्रेरित गर्नु र उनीहरूमा लुकेको प्रतिभा उजागर गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए।

सम्बन्धित समाचार

सबै