शिल्पा पोखरेलको ‘डिभोर्स’ सार्वजनिक

0 Shares

शिल्पा पोखरेलको अभिनय रहेको ‘डिभोर्स’ कथा बोकेको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा गायक प्रमोद खरेल, अनु चौधरी र सुप्रिम मल्ल ठकुरीको स्वर छ। अनमोल विक्रमले लेखेको गीतमा ऋषि खड्काको संगीत रहेको छ। म्युजिक भिडियोमा शिल्पा पोखरेलका साथै विक्रम बुढाथोकी, एलेक्स खड्का र रमेश अधिकारीले अभिनय गरेका छन्।

विक्रम चौहानको कथा निर्देशनमा एलबी प्रोडक्सनले सार्वजनिक गरेको म्युजिक भिडियोमा ‘डिभोर्स’ को कथा र यसको प्रभाव देखाइएको छ।
‘सम्बन्ध टुट्नु सधैं दुखद हुन्छ, तर कहिलेकाहीं टुटफुटकै माझमा आत्म–सम्मान बाँच्छ, स्वतन्त्रता फक्रन्छ, अनि आत्म–परिचय पुनः जन्मिन्छ।

हामीले विवाहलाई जीवनको अन्तिम सत्य ठान्यौं, तर कहिलेकाहीँ त्यही विवाह नर्क बन्छ। समाजको डर, लाज, र परम्पराको नाममा धेरैले आफूलाई हराउँदैछन्।

तर, एउटा कुरा बुझ्नुपर्छ — अस्वस्थ सम्बन्धमा बाँचेको जीवन, एक्लै बाँचिएको शान्त जीवनभन्दा कहिल्यै महान् हुँदैन,’ निर्माता एलबी प्रोडक्सनले बताएका छन्।

सम्बन्धित समाचार

सबै