‘नेपाल किड्स आइडल’ को ‘स्कुल एक्टिभेसन’ सुरु

0 Shares

जय मिडिया म्यानेजमेन्टको आयोजनामा हुन लागेको बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ को ‘स्कुल एक्टिभेसन’ सुरु भएको छ।

आयोजकले विद्यालय–विद्यालय पुगेर शोको प्रचारप्रसारका लागि ‘स्कुल एक्टिभेसन’ सुरु गरेको हो। आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्।

जय मिडियाका संस्थापक जय राज रायले स्कुल एक्टिभेसनले विद्यार्थीहरूमा शोप्रति चासो बढाएको बताएका छन्।
‘विद्यालयका विद्यार्थीहरूसँगै शिक्षक तथा अभिभावकहरूले पनि यो शोप्रति चासो देखाउनु भएको छ। बालबालिका लक्षित कार्यक्रम भएकाले पनि सबैले सहयोगको प्रतिबद्धता जनाउनु भएको छ’, उनले भने।

जयका अनुसार नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादूनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गरिनेछ।

शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन्। त्यस्तै, २६ जना प्रतियोगीले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
३० एपिसोड रहने यो शो नेपालकै एक राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण हुनेछ।

सम्बन्धित समाचार

सबै