‘ताराहरू’को टिजर सार्वजनिक

0 Shares

‘ताराहरू’ को टिजर शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

टिजर बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आशान्त शर्माको निर्देशनमा बनेको फिल्ममा निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका व्यक्तिले आफ्नो सपना पूरा गर्नका लागि भोग्नुपर्ने संघर्ष र अवरोधलाई चित्रण गरिएको छ।

फिल्ममा निर्देशक शर्मा स्वयंका साथै मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रमोदकुमार यादव, पुस्कर गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ।

वेज प्रा.लि. को प्रस्तुति रहेको यो फिल्म आगामी भदौ ६ गते  प्रदर्शनमा आउने तयारीमा छ।

फिल्मका निर्माता गोपिनी सेडाइँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा रहेका छन्।

सम्बन्धित समाचार

सबै