
भदौदेखि जापानमा छायांकन सुरु हुन लागेको फिल्म ‘जहाजैमा’मा नायक सौगात मल्ल अनुवन्धित भएका छन्। नायक सौगात मल्लसँग निर्माण टिमले कागजी सम्झौता गरिसकेको छ।
यो फिल्ममा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन। तर, सौगातले भूमिका निकै मन पराएपछि काम गर्न राजी भएको बुझिएको छ।
कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन्। फिल्ममा केदारको भूमिका कस्तो हुनेछ भन्ने पनि केही खुलाइएको छैन।
फिल्ममा अन्य केही स्टार कलाकारहरूको अभिनय रहने बुझिएको छ। जापानी अभिनेत्री रुजेल इचिमियाले पनि यस फिल्ममा काम गर्ने पक्का भइसकेको छ।
फिल्म ‘पिताम्बर’पछि कृषा र सौगातले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ।
हाल फिल्मको धमाधम प्रि–प्रोडक्सन काम चलिरहेको छ। यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ।