९ दिनमा पल अभिनित ‘मोहर’को शीर्ष गीतले पायो १० लाख भ्यूज, यस्तो छ दर्शक प्रतिक्रिया?

0 Shares

रिलिज भएको ९ दिनमै फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतले १० लाख भ्यूज पाएको छ। सुरुमा सुस्त देखिएको गीतको भ्युजले अब गती लिएको छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म साउन २३ गतेबाट रिलिजमा आउनेछ। गीतले १० लाख भ्यूज पाएपछि निर्देशक प्रतिक भन्छन्– “हामीलाई लाग्थ्यो दर्शकले यो गीतलाई विस्तारै मन पराउनेछन्। अहिले टिकटकदेखि अन्य सामाजिक सञ्जालमा पनि गीतप्रति दर्शकको चासो बढेको छ। यो गीतले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको देखिन्छ।”

शरद हुमागाँई र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ। फिल्मको टिजरलाई पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ।

गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका नीति शाहलाई फिचर गरिएको छ। दर्शकले पल र नीतिको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया दिएका छन्।

फिल्ममा बेनिशा हमाल, अर्जुन जंग शाही, रविन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी, मिस पवी लगायतका कलाकारहरुको अभिनय छ। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक हुन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

चुम्बन जंग शाही फिल्मका निर्माता हुन्। फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको यो फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गर्छ। फिल्ममा दीपेन बस्न्यातको डीओपी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। अर्को गीत केही दिनमै रिलिज हुने तयारीमा छ।

सम्बन्धित समाचार

सबै