‘पारी बुटोल’का लागि कलाकार छनोट सुरु, विविध उमेर र अनुहारका पात्रको खोजी

0 Shares

निर्देशक गणेश देव पाण्डेको निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ। चलचित्रमा विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले जानकारी दिएका छन्। यसका लागि विस्तृत जानकारीसहित ‘कास्टिङ कल’ पोस्टर पनि सार्वजनिक गरिएको छ।

चलचित्रमा २० देखि २५ वर्ष उमेरका सबै समुदायका युवकहरू आवश्यक छन्। त्यस्तै, ४० वर्ष उमेरका सेमी मंगोलियन (मंगोल अनुहार भएका) र ४५ देखि ५० वर्ष उमेरका सबै पृष्ठभूमिका पुरुषहरूको पनि माग गरिएको छ।

महिला कलाकारतर्फ १७ वर्षकी मंगोलियन युवती, १९ वर्षकी सेमी मंगोलियन युवती, १८–१९ वर्षकी मंगोलियन र आर्यन युवती, ३५–४० वर्षकी आर्यन, सेमी मंगोलियन वा मंगोलियन महिला तथा ६० वर्षकी आर्यन महिलाको आवश्यकता रहेको बताइएको छ।

कलाकार छनोटका लागि अडिसन असार १६ देखि १८ गतेसम्म (सोमबारदेखि बुधबार) सञ्चालन हुनेछ। अडिसन हरेक दिन दिउँसो १ बजेदेखि ६ बजेसम्म नेपाल फिल्म कलेज, पिंगलास्थान, सिनामंगलमा हुनेछ।

इच्छुक कलाकारहरूले पोस्टरमा रहेको QR कोड स्क्यान गरी फारम भर्न सक्नेछन्। थप जानकारीका लागि इमेल ([email protected]) वा फोन (+९७७९७०८०२२२०९) मार्फत सम्पर्क गर्न सकिने बताइएको छ।

निर्देशक पाण्डेले यथार्थपरक अनुहार र अभिनय क्षमतावाला नयाँ पुस्ताका कलाकारहरूलाई प्राथमिकतामा राखेको बताएका छन्।

पाथीभरा इन्टरटेनमेन्ट र अक्टोवर स्टुडियोजको प्रस्तुति तथा ल्याक्सी श्रेष्ठ र शुभम भट्ट निर्माता रहेको चलचित्र ‘पारी बुटोल’ले नेपाली समाजका विविध पात्र र परिवेशलाई समेट्ने लक्ष्य लिएको छ।

सम्बन्धित समाचार

सबै