0
Shares

नेपाल सरकारले अबदेखि प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउने घोषणा गरेको छ। असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
नेपाल चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा आज यस निर्णयको औपचारिक जानकारी गराइएको हो।
यसअघि असोज १ गते राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने भनिएको थियो। तर, चलचित्र विकास बोर्डको सिफारिसमा अबदेखि असोज १५ गतेलाई औपचारिक रूपमा चलचित्र दिवसका रूपमा मनाइने भएको हो।
सरकारको यो निर्णयले नेपाली चलचित्र उद्योगको ऐतिहासिक महत्वलाई सम्मान गर्ने र यस क्षेत्रको समग्र विकास तथा प्रवर्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।