समिक्षा अधिकारी र मदन ढकालको स्वरमा तीज गीत ‘माइतीको दैलो’ सार्वजनिक

0 Shares

तीज पर्व नजिकिँदै गर्दा तीज विशेष गीतहरू सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ। यही सन्दर्भमा गायिका समिक्षा अधिकारी र गायक मदन ढकालको स्वरमा रहेको नयाँ तीज गीत ‘माइतीको दैलो’ सार्वजनिक भएको छ। गीतमा उनीहरूसँगै बिमला ढकाल र लक्ष्मी बस्नेतको समेत स्वर रहेको छ।

गीत गायक मदन ढकालको प्रस्तुतिमा तयार गरिएको हो। उनका अनुसार यस गीतलाई उनले यो वर्षको तीजलाई लक्षित गर्दै दिदीबहिनीहरूका लागि कोसेली स्वरूप ल्याएका हुन्।
गीतमा शब्द मदन ढकालकै रहेको छ भने संगीत घनश्याम खत्रीले भरेका छन्। अनमोल बस्नेतले संगीत संयोजन गरेका छन् भने बिमल छिनालले मिक्सिङ गरेका छन्।

गीतको भिडियो गोरखामा छायांकन गरिएको हो। भिडियोमा मोडल उषा सुवेदी, घनश्याम खत्री, बिनोद बिके, गीता परियार, र मन्जु पाण्डेको अभिनय छ।
मरुभूमि नारायणले खिचेको भिडिओलाई रोशन धितालले सम्पादन गरेका छन्। निर्देशन स्वयं गायक मदन ढकालले गरेका हुन् भने कथा पनि उनकै लेखनमा आधारित छ।

भिडिओमा एक चेलीले आफ्नो श्रीमानको मृत्युपछिको पीडादायी अवस्था माइतीमा सुनाएको कथा प्रस्तुत गरिएको छ।
गीत टिएम म्युजिक प्रोडक्सन को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सम्बन्धित समाचार

सबै