‘गोबर गणेश’ फिल्मको घोषणा, बल्छी धुर्बेले गर्ने निर्देशन

0 Shares

नयाँ नेपाली फिल्म ‘गोबर गणेश’ को निर्माण घोषणा गरिएको छ। यो फिल्मको निर्देशन मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले गर्ने भएका छन्। बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने यो फिल्म आगामी माघ १ गते प्रदर्शनमा आउनेछ।

हाललाई फिल्मको कथा र लेखकबारे भने विवरण खुलाइएको छैन। निर्देशक मरिचमानले भने, “हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौं। अहिले हामीले फिल्मको टाइटल र रिलिज मिति मात्रै सार्वजनिक गरेका हौं।”
उनका अनुसार, फिल्मको शिर्षकले नै यसको शैली (जनरा) प्रष्ट पारिसकेको छ – अर्थात्, कमेडी फिल्म हो।

टेलिचलचित्र ‘मेरी बास्सै’ बाट चर्चामा आएका मरिचमानले त्यसपछि ‘हल्का रमाइलो’ र ‘जुठे’ जस्ता लोकप्रिय टेलिश्रृंखला निर्देशन गरेका थिए। उनले आफूले निर्देशन गर्ने फिल्ममा अभिनय गर्ने वा नगर्नेबारे खुलाएका छैनन्।

फिल्ममा मुख्य अभिनेत्री वर्षा सिवाकोटी रहनेछिन्। अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीता देवी तिमल्सिना, र पुजन घिमिरे (पुकु) छन्। सीता देवी हास्यकलाकार **केदार घिमिरे (माग्ने बुढा)**की श्रीमती हुन् भने पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन्।

फिल्मको डिजिटल पार्टनर OSR Digital रहेको छ भने टौवा स्टुडियोले पब्लिसिटी डिजाइन तयार गर्नेछ। फिल्मको नेपाल वितरण अधिकार श्री ब्याकटेस इन्टरटेनमेन्टसँग रहेको छ।

सम्बन्धित समाचार

सबै