‘आँखा’ ले इटालीमा जित्यो उत्कृष्ट फिल्म तथा मुख्य अभिनेत्रीको अवार्ड

0 Shares

जौन योञ्जनद्वारा निर्देशित नेपाली फिल्म ‘आँखा’ ले इटालीमा आयोजित २९औं अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (IPAAFF) मा दुई विधामा अवार्ड जित्न सफल भएको छ।

फिल्मले उत्कृष्ट फिल्म तथा मुख्य अभिनेत्री स्मिता लामिछानेले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी हुन्।

अवार्ड समारोह सन् सेप्टेम्बर १४ मा इटालीको बिर्गामोमा आयोजना हुने कार्यक्रममार्फत प्रदान गरिनेछ।

यसअघि पनि ‘आँखा’ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (NIFF) मा तीन विधामा अवार्ड जितिसकेको छ। फिल्म गत वर्षको असोज ११ गते प्रदर्शनमा आएको थियो, तर बाढीपहिरोका कारण प्रदर्शन प्रभावित भएको थियो।

निर्देशक योञ्जन हाल ‘रोल नम्बर वान’ निर्देशनमा व्यस्त छन् भने उनको अर्को फिल्म ‘म राजेश हमाल’ पनि छिट्टै रिलिजको तयारीमा छ।

सम्बन्धित समाचार

सबै