‘यो मन त मेरो नेपाली हो’ ‘विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त – पाठ्यक्रम विकास केन्द्र

0 Shares

नेपाली भाषा र संस्कृतिको प्रवर्धन तथा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रति नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले शुभकामना सन्देश पठाएको छ।

केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाबाट फिल्म निर्माण संस्था श्री पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारलाई ‘शुभकामना सम्बन्धमा’ विषय उल्लेख गर्दै एक औपचारिक पत्र पठाइएको हो।

पत्रमा उल्लेख छ— “पद्मा ईश्वर इन्टरटेनमेन्ट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित चलचित्र हो। यस्ता प्रकृतिका समाजमा सकारात्मक प्रभाव पार्ने चलचित्रहरूलाई राज्यका निकायहरू तथा सरोकारवाला सामाजिक संघ–संस्थाले संरक्षण र संवर्द्धन गर्नु आवश्यक देखिन्छ।”

अझै भनिएको छ— “भविष्यका कर्णधार बालबालिकालाई आफ्नै भाषा र संस्कृति प्रतिको गर्वको भावना जगाउन तथा नेपाली हुनुमा सम्मानको अनुभूति गराउन यस चलचित्रले महत्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले विशेषतः विद्यालय स्तरका बालबालिकालाई सरोकारवाला निकायको अनुमति तथा स्वीकृति प्राप्त गरी यो चलचित्र देखाउनु उपयुक्त हुनेछ। देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक र देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नु भएकोमा निर्माण टिमलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।”

सम्बन्धित समाचार

सबै