‘गोर्खा वारियर’ निर्माता सुमन राईले चढे ६,४७६ मिटर अग्लो मेरा पिक, अबको लक्ष्य सगरमाथा

0 Shares

 फिल्म ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक र प्रेरणादायी अभियानका साथ हिमाल आरोहण गरेका राईको अबको लक्ष्य सगरमाथा चढ्नु रहेको छ।

सुमन राई नेतृत्वको अनुग्रह ग्रुप बेलायतमा व्यवसाय र सामाजिक उत्तरदायित्व दुबै क्षेत्रमा सक्रिय संस्था हो। समूहअन्तर्गत अनुग्रह ज्वेलर्स, न्यू अनुग्रह ज्वेलर्स, अनुग्रह बुलियन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह गोल्ड हाउस र अनुग्रह फाउन्डेसन सञ्चालनमा छन्।

पूर्व गोर्खा सैनिक रहेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीहरूले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ फिल्म निर्देशन तथा निर्माण गरेका हुन्। सुमन राई यस फिल्मका निर्माता हुन्, जसले बेलायतको लिसेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्डमा पहिलो प्रदर्शन (प्रिमियर) गर्दै नेपाली फिल्म क्षेत्रमा कीर्तिमान कायम गरेका छन्।

सामाजिक सेवामा पनि सक्रिय अनुग्रह फाउन्डेसनले आफ्नो आम्दानीको १० प्रतिशत शिक्षा, स्वास्थ्य, खानेपानी, वृद्ध, बालबालिका र ग्रामीण विकासका क्षेत्रमा लगानी गर्दै आएको छ। ‘शून्यदेखि सगरमाथासम्म’ भन्ने नारासहित सुरु गरिएको अभियानको अबको चरण सगरमाथा आरोहण र वातावरणीय सचेतना फैलाउनेतर्फ केन्द्रित हुनेछ।

सुमन राईको यो प्रयास Fundrise Social Campaign मार्फत ग्लोबल वार्मिङविरुद्ध जनचेतना जगाउन, वातावरण संरक्षण गर्न र भावी पुस्ताका लागि सुरक्षित पृथ्वीको सन्देश दिन केन्द्रित छ।

यस अभियानमा अनुग्रह टिमका शुभेच्छुकहरूसँगै NCCA UK, NCC UK, तमु धिं UK, किरात राई यायोख्खा, खोटाङ समाज, थुलुङ राई समाज लगायत विभिन्न प्रवासी नेपाली संघसंस्थाहरूको साथ, समर्थन र उत्साहजनक सहभागिता रहेको छ।

सम्बन्धित समाचार

सबै