माओत्से गुरुङको ‘पेन्सनपट्टा’ मा दयाहाङ , भन्ने छ लोभी केटाको कथा

0 Shares

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म ‘पेन्सनपट्टा’ मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यो उनीहरूबीचको दोस्रो सहकार्य हो। यसअघि माओत्से गुरुङको डेब्यु निर्देशन रहेको फिल्म ‘दयारानी’ मा दयाहाङले नै मुख्य भूमिका निभाएका थिए।

दोस्रो सहकार्यलाई अझ परिस्कृत ढंगले अगाडि बढाउनुका साथै अर्को उत्कृष्ट फिल्म दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङले बताएका छन्। कात्तिकको तेस्रो साताबाट छायांकन सुरु हुने फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि, फिल्ममा लोभी केटा कसरी दानी बन्छ भन्ने कथा समेटिएको निर्देशक तथा निर्माता गुरुङले जानकारी दिए।

‘माओत्से गुरुङ फिल्म्स’को ब्यानरमा निर्माण हुने यस फिल्मको कथा पनि माओत्से गुरुङले नै लेखेका हुन्। दयाहाङ राईबाहेक अन्य कलाकारको नाम चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले जानकारी दिए। फिल्मको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिनेछ। फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन् भने छायांकन सुसन प्रजापतिले गर्नेछन्।

निर्देशक माओत्से गुरुङको पहिलो निर्देशनमा बनेको फिल्म बक्स अफिसमा हिट भएको थियो। चरित्र कलाकारको रूपमा चर्चित उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि सक्रिय छन्। उनले यसअघि गुरुङ भाषाका फिल्महरू निर्देशन गर्दै आएका थिए। माओत्से गुरुङ कलाकार, निर्देशक र निर्माता समेत हुन्।

सम्बन्धित समाचार

सबै